३ सय ३५ नेपाली विदेशी जेलमा, २० जना कोमामा

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न देश गएका ३ सय ३५ नेपाली जेलमा रहेका छन् । यस्तै २० जना विदेशस्थित विभिन्न अस्पतालको कोमामा सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो कुराको जानकारी दिएका हुन् ।

सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २ सय १९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २/२ तथा कम्बोडिया र लेबनानको जेलमा १/१ जना नेपाली रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरी २० जना नेपाली विदेशस्थित कोमामा छन् । सबैभन्दा धेरै कतारमा ११ जना छन् । यस्तै साउदी अरेबियामा ५, बहराइन र यूएईमा २/२ जना छन् ।

मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले उनीहरुको उपचारबारे चासो राख्दै आएको उनले बताए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस