मेडिसिटि अस्पतालमा सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । आज उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पताले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ ।

अब इन्स्योरेन्सका ग्राहक र कर्मचारी दुबैले उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १० प्रतिशतसम्मको सहुलियत पाउने छन् ।

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, सानिमा लाईफ इन्स्योरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
कम्पनीका नायव महाप्रबन्धक केशवराज केसील ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनु साथै अस्पतालसंग निरन्तर काम गर्ने अपेक्षा रहेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री