एनआइसी एसिया क्यापिटलले सुरु गर्यो मोबाइल एप्स सेवा

काठमाडौं। एनआइसी एसिया क्यापिटल लिमिटेडले मोबाइल एप्स सेवा सुरु गरेको छ । लगानीकर्तालाई सवल, सुचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका प्रदान गर्दै आएको कम्पनीले ग्राहकहरुको थप सुविधाका लागि मोबाइल एपको सुरु गरेको हो ।

एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलको एप स्टोरमा निःशुल्क उपलब्ध हुने छ । मोबाइल एपमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्यको जानकारीसमेत प्राप्त गर्न सकिने जनाएको छ ।

एनआईसी एशिया क्यापिटल मोबाइल एपमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने एनआईसी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले बताए ।

नेप्से बजार रिपोर्टका साथै एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने लिमिटेडले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री