काठमाडौँ । ११० वर्ष पुरानो ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ । बसन्तपुरस्थित गद्दी बैठक २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
दरबार स्क्वायर क्षेत्रमा गद्दी बैठक बाहेका अन्य संरचना पनि तिब्र गतिमा निर्माण भईरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।
गद्दी बैठक बिक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा निर्माण भएको थियो । गद्दी बैठकको पुनर्निर्माण कार्य २०१७ को अक्टुबरमा सुरु भएको थियो ।
अमेरिकी सरकारले राजदुत कोष मार्फत गरेको ७ लाख अमेरिकी डलर सहयोगमा गद्दी बैठक पुनर्निर्माण सम्पन्न भएको हो ।
रेट्रोफिटिङ गरेर पुनिनिर्माण गरिएको गद्दी बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उदघाटन गरे ।
उदघाटन पछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् ।



