यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिददर १०८।८९ रुपैयाँ र बिक्रिदर १०९।४९ रुपैयाँ तोकेको छ ।

यस्तै एक युरोको खरिददर १२७।१० रुपैयाँ र बिक्रिदर १२७।८० रुपैयाँ रहेको छ । जापानीज १० यनको खरिददर ९।९३ रुपैयाँ र बिक्रिदर ९।९९ रुपैयाँ रहेको छ । मलेसियन एक रिंगिटको २७।०७ रुपैयाँ र बिक्रिदर २७।२२ रुपैयाँ रहेको छ ।

कुवेती दिनारको खरिददर ३६०।०३ रुपैयाँ र बिक्रिदर ३६२।०२ रुपैयाँ रहेको छ । एक साउदी रियालको खरिददर २९।०४ रुपैयाँ र विक्रिदर २९।२० रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९।९१ रुपैयाँ र विक्रिदर ३०।०७ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९।६५ रुपैयाँ र विक्रिदर ३०।०७ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७।०७ रुपैयाँ र विक्रिदर २७।२२ रुपैयाँ रहेको छ । कोरियन वन १ सयको खरिददर ९।७३ रुपैयाँ र विक्रिदर ९।७८ रुपैयाँ रहेको छ । बहराइन दिनार एकको खरिददर २८५।०६ रुपैयाँ र विक्रिदर २८६।६३ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस