माउन्टेन हाइड्रोको आईपीओ असार २२ देखि

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । माउन्टेनले असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

यो आईपीओ आयोजना प्रभावित क्षेत्र पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालीका तथा पाँचचरका अन्य बासिन्दाको लागि मात्रै रहको छ ।

यो आइपीओ आयोजना प्रभावितलाई ७ लाख ५० हजार र जिल्ला अन्य क्षेत्रबासीलाई ५ लाख शेयर निष्काशन भएको छ ।
न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आईपीओ भर्न पाइने छ ।

कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन ३ अर्ब ९५ करोड रुपैयाँ लाग्ने देखिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ छ । आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

आयोजनामा साधारण लगानी ८.१६ वर्षमा फिर्ता हुने छ । आयोजनाको डिस्काउन्टमा लगानी फिर्ता हुने समय ११ वर्ष रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.९१ छ ।

आईपीओबाट संकलन हुने रकम कम्पनीले सिभिल तर्फ सुरुङको फिनिसिङ, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकमेकानिकल उपकरण जडान र प्रसारणलाइन निर्माणमा खर्च गर्ने कम्पनीले जनाएको छ ।

यसको शेयर आवेदनका लागि पाँचथरकै सेन्चुरी, प्रभु, सिभिल बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र माउन्टेन हाइड्रोबाट आवेदन दिन सकिन्छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सञ्चालनमा आयो चितवनको देवनगर सबस्टेसन, विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए …

प्रतिकृया दिनुहॊस