काठमाडौंमा निर्वस्त्र शव फेला पर्‍यो

काठमाडौं । काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले बताएको छ ।

खोला किनारमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन ।

बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप