सवारी प्रदुषण जाँच्ने ४० मेसिन भित्रियो

काठमाण्डौ । यातायात व्यवस्था विभागले साउनदेखि सवारीसाधनबाट हुने प्रदूषण जाँच सुरु गर्ने भएको छ । विभागले सवारी साधनको प्रदुषण जाँच गर्ने ४० वटा मेसिन नेपाल आईसकेको जानकारी दिएको छ ।

डिजेल गाडीको प्रदुषण जाँच गर्ने २० वटा ‘स्मोक मिटर’ र पेट्रोल गाडीको प्रदुषण जाँच गर्ने २० वटा ‘ग्यास एनालाइजर’ विमानस्थल भन्सारमा आइसकेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

भन्सारको प्रकृया पुरा गरेर आज, भोलिसम्म निर्यातकर्ता कम्पनीले हस्तान्तरण गर्ने विभागले जनाएको छ । काठमाडौं उपत्यका र देशभरका महानगर तथा उपमहानगर क्षेत्रभित्र साउन १ गतेदेखि हरियो स्टिकर बिनाको सवारी चल्न नपाउने भएकोले यी मेसिन ल्याइएको अर्यालले जानकारी दिए ।

‘केही दिनमै हामी १४ वटा यातायात व्यवस्था कार्यालय र बाँकी सेवा कार्यालयहरुमा मेसिन पुर्याउने छौँ, कर्मचारीलाई तालिम दिन्छौं’ उनले भने ‘प्रदुषण जाँच गराउन चाहनेले साउन अघि नै सम्बन्धित सेवा कार्यालयमा गएर जाँच गराउन सक्नुहुनेछ।’

सार्वजनिक यातायातले ६–६ महिनामा प्रदुषण जाँच गराउने र निजीको हकमा १ वर्षमा प्रदुषण जाँच गर्नु पर्ने नियम छ ।

प्रदुषण जाँच गराउनु पर्ने नियम पहिले देखिकै भए पनि सिमित स्थानमा मात्र कडाई हुने तथा मेसिनको अभावमा प्रभावकारी रुपमा लागू हुन सकेको थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री