काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक छिमेकीका विरुद्ध अर्को छिमेकीको प्रयोग नगर्ने बताएका छन् । चीन र भारतलाई साथमा लिएर नै विकासको प्रयासलाई तिव्रता दिइने उनले बताए ।
हालै सम्पन्न चीन भ्रमणबारे आज संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो क्षणिक स्वार्थका लागि एउटा छिमेकीविरुद्ध अर्को छिमेकीलाई कार्डको रुपमा नखेल्ने बताए । उनले भने, हामी यता ढल्कने वा उता ढल्कने गर्दैनौं । हामी दुवै छिमेकीसँग पारस्परिक सहयोग र सहकार्यको माध्यमले अगाडि बढ्ने छौं ।’
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सकारात्मक र सफल भएको भन्दै सो अवसरमा भएका १४ बुँदे र नौ बुँदे सहमति भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चाडै हुने विश्वास व्यक्त गरेका छन् ।
तपाईंको प्रतिकृया




