गएकाे २४ घन्टामा ३ हजार ३८४ संक्रमित थपिए, ६१ काे मृत्यु

गएकाे पछिल्लो २४ घन्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार ४९४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको हाे । यससँगै हालसम्म मुलुकभर ६ लाख २६ हजार ५३५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये हालसम्म ५ लाख २७ हजार १११ जना संक्रमित निको भइसकेका छन् ।

आज ६ हजार २९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ भने ६१ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस