फाइल फोटो

यसपालि औसत भन्दा बढी बर्षा हुन्छ बेलैमा सतर्क बनौं : मौसम विभाग

काठमाडौं । तीन प्रदेशमा भित्रिसकेको मनसुन देशभर सक्रिय हुने क्रममा छ । देशको पश्चिम भागमा विस्तार हुने क्रममा रहेको मनसुन अब केहि दिनमै देशभर सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले यसपालि औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानबाट बच्ने सुरक्षा अपनाउन सम्बन्धित सबै पक्षलाई फेरि आग्रह गरेको छ ।

‘यस वर्ष बाढी तथा पहिरो जोखिम बढ्ने सम्भावना छ,’ विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साना तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुन सक्ने अत्यधिक सम्भावना रहेकाले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायहरूलाई सतर्कता अपनाउन हुन अनुरोध गर्दछु ।’

नेपालको पूर्वी भूभागहरुः प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा शुक्रबार प्रवेश गरेको मनसुन शनिबार गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले अहिलेबाट नै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गत वर्षको तुलनामा यो वषै धेरै वर्षा हुनेभन्दै सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न आग्रह गर्दै आएको छ ।

यसैबीच आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस