गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज शनिवार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएकाे छ ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए भने नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ को मतगणना ११ बजेपछि गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । इलाम-२ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना आइतबार बिहान ११ बजेपछि …

प्रतिकृया दिनुहॊस