चीनमा देखियो बर्डफ्लु पहिलो पटक मानिसमा

काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ ।

चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको छ तर चीनले अहिले संक्रमित भएका व्यक्तिबारेमा जानकारी भने दिइएको छैन ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो । ‘एच१०एन३ भेरियन्ट विश्वभर नै मानिसमा देखिएको थिएन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री