सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवामा

काठमाडाैं । सानिमा बैंकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सानिमा बैंककाे मोबाइल बैकिङ्ग एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा)  थप गरिएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सिधै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् ।

ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत सिधै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुई सुविधा मध्ये एक रोज्न सक्नेछन् ।

यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको “रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री