चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं ।  चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

देवचुली नगरपालिका-२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान  आगो लागेको हो।

अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागीबाट कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री