इट्टा बनाउन खनेको खाल्डोको पानीमा डुबी बालकको मृत्यु

मोरङ।मोरङ रंगेली नगरपालिका ९ बेदमारीमा  इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ ।
आज बिहान  भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको  १० बर्षीय छोरा अलिअर मिया खेल्ने क्रममा  पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए ।
घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस