नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं । नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ ।

बैंकले बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको  जनाएको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने  जनाएको छ ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ को अवधि १० वर्षको रहने छ । सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ ।

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने विज्ञप्तीमा उल्लेख छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …

प्रतिकृया दिनुहॊस