नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न सम्झौता

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको छ ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कँरँेवार नबिल बैंकले गर्नेछ ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ब्त्ः संख्या भने १९० हुनेछ । निक्षेपकाे  आकार  रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार  २ खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्षनै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीस“गै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयँ“ रणनिती अनुसार बजारमा उपस्थित हुने छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस