ज्योति लाईफ र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच सेवा सम्झौता

काठमाडौं ।  ज्योति लाईफ इन्स्योरेन्स र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच सेवा सम्झौता  भएको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहकले पाउने छन् ।

केयर्स कार्ड बाहक ग्राहकका निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिसतको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ साथै ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ ।

साथै, ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ । यो सम्झौताबाट दुबै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस