सिटी स्पेशलिटी हेल्थ क्लिनिकको निशुल्क स्वास्थ्य शिविरमा २२३ जनाले गराए उपचार

काठमाडौँ। काठमाडौँको अनामनगर चोकमा आज सम्पन्न बाथरोग, मधुमेह, थाइराइड तथा मिर्गौला रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा रब्क्तदान कार्यक्रममा २२३ जना सहभागी भएका छन् ।

सहभागीहरुको निशुल्क स्वास्थ्य जाँच, रगत जाँच तथा औषधी वितरण गरिएको आयोजक संस्था सिटी स्पेशलिटी हेल्थ क्लिनिकको प्रवन्ध निर्देशक मीना थापा मगरले बताइन् । सो अवसरमा एक सय ११ जनाले रक्क्तदान समेत गरेका मगरले बताइन् ।
शिविरमा सीबीसी, इएसआर, सुगर, युरिक एसिड, क्रिटिनाइन, एसजीपीटी, आरए फ्याक्टर, यूरीन आदिको निःशुल्क जाँचको व्यवस्था गरिएको थियो ।

साथै थाइराइड जाँच (टिएसएच) रु १५०, मुटुको जाँच (इसीजी) रु १०० र अन्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था समेत शिविरमा गरिएको गरिएको सिटी स्पेशलिटी हेल्थ क्लिनिकका प्रवन्ध निर्देशक मगरले जानकारी दिइन् । त्रिवेणी युवा क्लब सहकार्यमा रक्तदान कार्यक्रम समेत सञ्चालन भएको छ ।

सिटी स्पेशलिटी हेल्थ क्लिनिक र त्रिवेणी युवा क्लब, काठमाण्डौ महानगर वडा कार्यालय २९, शिखर युवा क्लब, कालिका महाबिर स्पोर्ट क्लब, वीर गणेशमान सिंह, नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस