म्यानमारमा सेनाले लियो ४३ बालबालिकासहित ५३६ को ज्यान

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् । फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा गरेसँगै म्यानमारमा हिंसात्मक प्रदर्शन हुँदै आएको छ ।

त्यस्तै हिंसात्मक विरोधका क्रममा ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको ‘सेभ द चिल्ड्रेन’ ले जनाएको छ । ‘सैन्य कू’ विरुद्ध सडक प्रदर्शन गर्ने सर्वसाधारणको घरमै गएर सेनाले मनपरी आक्रमण गरिरहेको र त्यसको चपेटमा बालबालिका परिरहेको ’सेभ द चिल्ड्रेन’ को भनाइलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार कूयता मारिनेको सङ्ख्या हालसम्म ५३६ पुगेको छ । पछिल्लो घटनाक्रमले म्यानमार बालबालिकाका लागि सुरक्षित नरहेको यो संस्थाले निष्कर्ष निकालेको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा हरेक दिन प्रदर्शनहरु भइरहेका छन् । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस