कांग्रेसले खोल्ने भयो सहकारी बैंक

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल सहकारी बैंक खोल्ने भएको छ।

कांग्रेसले नयाँ बैंक दर्ताका लागि फाइल सहकारी विभागमा पेश गरेको छ। नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगानाको नेतृत्वमा सहकारीकर्मीले आइतबार बैंक दर्ताको फाइल सहकारी विभागमा बुझाएका हुन्।

बैंक दर्ताका लागि राष्ट्रिय  सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सहित सहकारीकर्मीको टोली पुगेको थियो।

अहिले सहकारीको एक मात्र राष्ट्रिय सहकारी बैंक छ। उसले कर्जा प्रवाह, निक्षेप संकलन लगायतमा विभेद गरेको भन्दै कांग्रेस समर्थित सहकारीकर्मीले लामो समयदेखि अर्को बैंक दर्ता पहल गरेका थिए।

प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले अहिलेको बैंक सञ्चालनमा राजनीति हबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैकको आवश्यकता महसुस गरी दर्ता गर्न लागिएको बताए।

फाइल बुझ्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रकृया अघिबढाउने बताए ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा बैंकहरु स्थापना गर्न सकिने व्यवस्था छ। बैंक दर्ताका लागि ५ सय १ सहकारी संस्थाको फाइल पेश गर्नुपर्छ। ती संस्था लगातार तीन वर्षदेखि नाफामा हुनुपर्छ। बैक स्थापना गर्न ३ अर्ब पुजी चाहिने व्यवस्था छ।

बैंक स्थापना गर्न माघ १७ गते राजधानीमा भेला भएको थियो। भेलाले भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति चयन गरेको छ।

अन्‍नपूर्णबाट

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस