२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं ।  राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते सोमबार मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदैआएको छ । पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी राजनेताबाटै समेत उनको योगदानको सह्राना भएको छ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ ।

राष्ट्र निर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न पछिल्लो समय प्रखर रुपमा आवाज मुखरित हुँदै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस