काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा उपलब्ध गराएको छ ।
सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो।
सीजीले हालै आफ्ना सबै ग्राहहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ। जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युुतमा पनि वचत गराउनु हो।
सीजी ब्राण्डका इन्भटर एसीहरु किफायती दाममा सर्बत्र बजारमा उपलब्ध छन्। सिजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन्।
सीजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ। जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन्।
सीजीका एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको छ।




