काठमाडौं । आज आईतबार ४८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८१ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख ४९ हजार ८६३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १८२५ जना पुगेको छ।
तपाईंको प्रतिकृया




