बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको  मृत्यु भएको हो ।

ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री