कामना सेवा विकास बैंकको नयाँ शाखा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तारको क्रममा शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ शाखा स्थापना गरेकाे छ ।

बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्राडा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए ।

अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्नसक्नेछन् ।

साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री