मेगा बैंकबाट सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा

काठमाडौँ। मेगा बैंक नेपालले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।

मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन् ।

यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले नेपाल र भारतबीच अन्तर्देशीय …

प्रतिकृया दिनुहॊस

This will auto close after