विहिबार सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री