काठमाडौं उपत्यकामा भोलिदेखि सवारी साधनमा जोर-बिजोरको नियम नलाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली भोलिदेखि  हट्ने भएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो ।

सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने एक बुँदे सहमति गरेको हो ।

जोर-बिजोर प्रणाली हटाउने निर्णयसँगै सर्वसाधारण यात्रुहरुले सहज यात्रा गर्न पाउने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री