आज बिहीबार थप ७ सय ७६ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बिहीबार ७ सय ७६ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६५२  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ४० हजार ३६३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १७ सय ४९ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप