पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत  थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा पोखरा महानगरपालिका-१२  र पोखरा-१ का एक-एकजना पुरुषको मृत्यु भएको हो ।

पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको  हो । उनमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको  हो। उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री