मेगा बैंकले एकैदिन तीन ठाउँमा खोल्यो एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंकले  तीन ठाउँमा एकैपटक एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर -७, नारायणटार, काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर -९ स्थित गान्धी  मोड र भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर -७, गुण्डुमा मेगा बैंकको एक्सटेन्सन काउन्टरहरु सोमबारका दिनदेखि सञ्चालनमा आएका छन् ।

एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु खोलिसकेको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०६ वटा शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङ्गस्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने …

प्रतिकृया दिनुहॊस