सिद्धार्थ बैंकको लघु, साना तथा मझौला कर्जा अब ‘स्कोरकार्ड मोडल’मा पाइने

काठमाडौं । सिद्धार्थ बैंकले कर्जा स्वीकृती प्रक्रिया ‘स्कोरकार्ड मोडल’ को शुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा उक्त माेडल शुरु गरेकाे हाे ।

साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त मोडलको शुरुवात गरेको हो ।

स्कोरकार्ड मोडल अन्तर्गत बैंकले  १ करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।

यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस