काठमाडौं । सामसङले हालै आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
नेपालमै पहिलो पटक ७ हजार एमएएच ब्याट्रि रहेको एम५१ स्मार्ट फोन सार्वजनिक गरेको हो।
यसमा ६.७ इन्चको डिस्प्ले रहेको छ। साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ।
ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकको मनमा राम्रो छाप पार्न सफल भएको कम्पनीको दाबी छ ।
ग्यालेक्सी एम ५१ प्रस्तुत गरेसँगै फोनप्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएको सामसुङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताए ।
एसमा दुईवटा मेमोरी राख्न सकिन्छ। ६/१२८ जिबी तथा ८/१२८ जिबीमा उपलब्ध रहेको यो फोन सेट दुई आकर्षक रंग-इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ।
६/१२८ जिबीको मुल्य ३९ हजार ९९९ तथा ८/१२८ जिबीको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो फोन नेपालभरका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा यही १५ डिसेम्बर २०२० देखि उपलब्ध छ।
प्रतिकृया दिनुहॊस