अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप लगाइँदै

काठमाडौं । अमेरिकामा आजबाट कोरोनाविरूद्धको खोप  लगाइँदैछ ।त्यहाँको खाद्य तथा औषधि विभागले अनुमति दिएसगै कोभिड विरुद्धको खोपको पहिलो अभियान शुरु गरिएको हो ।

कोरोना भाइरस संक्रमणले सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आजबाट फाइजर र बायोएनटेक कम्पनीले बनाएका कोरोना भाइरसविरुद्धको खोप लगाउन लागिएको हो ।

पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो ।

अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री