काठमाडौं । सनराइज बैंकले पुस २४ गते २३ औं वार्षिक साधारणसभा हुने भएको छ । २३ औं वार्षिक साधारणसभा पुस २४ गते बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ ।
बैंकले साधारणसभामा चुक्ता पुँजी ८.२८ प्रतिशत लाभांशको प्रस्ताव लैजाने भएको छ। बैंकले २.४८ प्रतिशत नगद लाभांश र ५.८० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।
साधारणसभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ। पुस ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन्।
तपाईंको प्रतिकृया




