आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

काठमाडौं ।अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव  नेपालमा परेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका  पहाडी भू-भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर २५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

 मंसिर  गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का/फाटफुट बर्षाको सम्भावना समेत रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री