काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलबार ५९४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने मृत्यु हुने संख्या १ हजार ६३७ पुगेको छ ।
संक्रमित मध्ये २ लाख २९ हजार ५४ जना उपचारपछि निको भएका छन् ।
तपाईंको प्रतिकृया




