आजको मौसम कहाँ कस्तो रहला ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको झारखण्ड र आसपासमा रहेको न्युन चापिय प्रणालीको प्रभावले दिउँसो पहाडी क्षेत्रका एकदुई ठाउँमा हल्का पानी पर्नेछ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर २३ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर २४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर २५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री