काठमाडौं । आज सोमबार थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख २७ हजार ४३३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १६ सय १४ जना पुगेको छ।
तपाईंको प्रतिकृया



