काभ्रे । काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका–८ भट्टीडाँडाका २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।
बनेपा नगरपालिका–६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनाम गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ का बिकास बस्नेत, धुलिखेल–४ का १८ वर्षीय अनिल मगर, उदयपुरको कटारी–६ का १८ वर्षकै सुबास मगर घाइते भएका प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




