काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाह गर्दैछिन् । श्वेता धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।
उनको विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुने जानकारी दिइएको छ । कोरोना संक्रमणको जोखिम भएकाले दुवैतर्फका सीमित अतिथिहरूको उपस्थितिमा विवाह गर्न लागिएको हो ।
यसअघि श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्ण श्रेष्ठसँगको फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा आएकी श्वेताले पछिल्लो पटक कान्छी फिल्ममा अभिनय गरेकी थिइन् ।
तपाईंको प्रतिकृया




