नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ ।

यस बैंकले २०७७, मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो ।

उक्त शाखाको औपचारिक समुद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख  बाल कृष्ण श्रेष्ठद्धारा संयुक्त रुपमा गरे।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस