फेरि १० दिनपछि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

काठमाडौँ  ।   बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो प्रस्ताव पेश गर्ने जानकारी बैठकलाई दिएका छन् ।

अध्यक्ष ओलीको प्रस्ताव र यसअघि नै सचिवालयमा पेश भएका दस्तावेजहरु समेतलाई लिएर १३ गते बस्ने सचिवालयको बैठकमा छलफल हुने भएको छ ।

बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गते  र २५ गते केन्द्रीय कमिटीको बैठकलाई बोलाउने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज  दिउँसो १ बजेबाट उक्त  बैठक सुरु भएको थियो । बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी भएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री