झापाको विर्तामोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु

झापा । झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी बुधबार २  जनाको मृत्यु भएको छ भने २  जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका-३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको

परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेमा अर्जुनधारा -११ का २२ वर्षीय गगन तामाङ र बुद्धशान्ति -३ की ३९ वर्षीया सावित्रा कँडेल रहेका छन्।

उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यही बेला ट्रकले किच्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री