काठमाडौं । अब काठमाडौंका खुलामञ्च लगायतका विभिन्न सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ ।
काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।
खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने र सामाजिक प्रतिष्ठा कायम नहुने भन्दै दुबै पक्षले सहमति गरेका छन् ।
अब निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्नुपर्ने भनिएको छ ।
तपाईंको प्रतिकृया




