धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान-१२ की ७८ वर्षीया वृद्धा छन् । उनीहरूको

उपचारको क्रममा मृत्यु भएको हो ।

१२ गते कार्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको  बुधबार राति ११ बजे मृत्यु भएको  थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री