सानिमा लाइफको सीईओमा अगम मुखिया

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुुखिया नियुक्त भएका छन् । यसअघि मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा रहेका थिए । प्रमुख कार्यकारी अधिकृत पदमा उनले ४ वर्षका लागि नियुक्ती पाएका छन्।

सानिमा लाइफमा सीईओ पद खाली नै थियो । मुखियाले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय गरी ३ विश्वविद्यालयबाट स्नातकोत्तर तह (मास्टर्स डिग्री) गरेका छन् । नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष काम गरेका मुखिया सो कम्पनीको एसिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारीमै रहेर काम गरेका थिए ।  रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । बीमा क्षेत्रमा करिब १५ वर्ष काम गरेको अनुभव उनीसँग छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस