सनराइज बैंकको डिजिटल टेलर सेवा प्रारम्भ

काठमाडौं ।सनराइज बैंकबाट पैसा झिक्न चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले डिजिटल टेलर सेवा सुरु गरेसँगै अब चेक तथा एटिएम कार्ड नभएपनि अाफ्नो बैंक  खाताबाट नगद झिक्न सकिने भएको हो ।
बैंकले आफ्नो काउन्टर मार्फत नगद झिक्न  प्रक्रिया   अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

यो सेवाको सुरुवात सँगै अब देखि  बैंकमा खाता हुने  ग्राहकले आफ्नो  बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका QR CODE  स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको QR CODE scan  गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने बैंकले जनाएको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले गर्‍यो विभिन्न सामाजिक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, …

प्रतिकृया दिनुहॊस